श्रममन्त्री श्रेष्ठद्वारा अलपत्र नेपालीको समस्या समाधानबारे यूएईका राजदूतसँग छलफल

 माघ १३, २०७८ बिहिबार १०:२१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि युनाइटेड अरब इमिरेट्स (यूएई)का राजदूत साइद हमदान अल नाकीले शिष्टाचार भेट गर्नुभएकाे छ । मन्त्रालयमा हिजाे भएको भेटमा उहाँहरुबीच द्वीपक्षीय हित र आपसी सम्बन्धबारे छलफल भयो । छलफलका क्रममा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा भिजिट भिसामा यूएई गइ अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गर्नुभयो ।

अवैधानिक रुपमा म्यानपावर कम्पनी, कन्सल्ट्यान्सी, ट्राभल्स सञ्चालकहरु, बिचौलिया  तथा लामो समयदेखि यूएईमा विभिन्न व्यवसाय गरेर बसेका नेपालीहरुले नै नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने प्रवृति देखिएको भन्दै मन्त्री श्रेष्ठले उनिहरुलाई कानुनी दायरामा ल्याउन यूएई सरकारबाट सहयोगको अपेक्षा गर्नुभयो । मन्त्री श्रेष्ठले रोजगारी पाउने आशामा दलाललाई लाखौँ रकम तिरेर भिजिट भिसामा यूएई गई अलपत्र परेकाहरुको समस्याको स्थायी समाधान नहुञ्जेल त्यहीँ रोजगारीको अवसरका लागि सहयोग गर्न आग्रह गर्नुभयो । त्यसरी अलपत्र परेका नेपालीहरुको भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई  आममाफीको लागि पनि मन्त्री श्रेष्ठले आग्रह गर्नुभयो । 

राजदूत साइदले यूएई गइ समस्यामा परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने कार्यमा संलग्न नेपाली वा अन्य देशका नागरिकलाई कारबाहीको दायरामा ल्याउन सहयोग गर्ने बताउनुभयो । 

साथै उहाँहरुबीच नेपाल–यूएई संयुक्त समितिको बैठक आयोजना गर्नेबारे पनि छलफल भएको थियो । ‘भिजिट भिसा’मा यूएई पुर्‍याएर अलपत्र पार्ने काममा म्यानपावर कम्पनी, कन्सल्ट्यान्सी, ट्राभल्स सञ्चालक, दलाल  तथा बिचौलियाहरु संलग्न रहेको पाइएको र उनीहरुबारे उजुरी आएपछि समस्या समाधानका लागि सम्ब द्ध मन्त्रालय, प्रहरी र अध्यागमनका अधिकारीहरु सम्मिलित कार्यदल पनि गठन गरिएको छ । 
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया