दुबई एक्स्पोमा कार्यरत नेपालीसहित विदेशी श्रमिकमाथि चरम विभेद र बाध्यकारी श्रमको अभ्यास

 माघ २०, २०७८ बिहिबार १५:४४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संयुक्त अरब इमिरेट्स यूएईले आयोजना गरेको ‘दुबई एक्स्पो २०२०’ मा नेपालीसहित आप्रवासी श्रमिकमाथि विभेद र बाध्यकारी श्रमको अभ्यास व्यापक रहेको एक अध्ययनले देखाएको छ ।

अन्तर्राष्ट्रिय मानवअधिकार संस्था इक्विडेमले रिसर्चले दुबई एक्स्पो २०२० मा कार्यरत श्रमिकहरूमाथि गरेको एक अध्ययनले नेपालीसहित आप्रवासी श्रमिक माथि विभेद र बाध्यकारी श्रमको अध्यास भएको देखाएको हो । अनुसन्धानमा एक्स्पोमा कार्यरत श्रमिकहरूसँग ६ महिनासम्मको अन्तर्वार्ता गरिएको थियो ।

 अन्तर्वार्ताका क्रममा इक्वीडेमसँग श्रमिकहरूले विभिन्न विभेद र धम्की भोग्नु परेको र गैर कानुनी रूपमा भर्ना शुल्क तिर्नु परेको, परीक्षणकाल सकिएपछि पनि तलब नबढाएको, ओभर टाइम बापतको रकम नपाएको जस्ता गुनासो गरेको अध्ययनमा उल्लेख गरिएको छ । यस्तै पासपोर्ट नियन्त्रणमा लिने र गुनासो सुनुवाइ गर्ने संयन्त्रको असहजता भएको पनि श्रमिकहरूले बताएका छन् । 

दुबई एक्स्पो २०२० मध्यपूर्वमा भएको पहिलो विश्वव्यापी महोत्सव हो । युएईले १ अक्टोबर २०२० देखि ३१ मार्च २०२२ सम्मका लागि एक्स्पो आयोजना गरिरहेको छ । 

इक्वीडेमले यूएईलाई श्रमिकमाथिको विभेदलाई हटाउन प्रभावकारी रूपमा कानुन कार्यान्वयन  गर्न माग गरेको छ । समान कामको लागि समान पारिश्रमिक लागू गर्न, एक्स्पोमा कार्यरत आप्रवासी श्रमिकमाथि शोषणमा संलग्न व्यक्ति तथा संस्थालाई अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्ड बमोजिमको कानुनी दायरामा ल्याउन पनि इक्वीडेमले आह्वान गरेको छ । 

८३ प्रतिशतले श्रमिकले गैर कानुनी भर्ना शुल्क तिर्नुपरेको र तलब वा अन्य सुविधा समयमा र पुरै नपाएको बताएका छन् । ३७ प्रतिशतले रोजगारीका क्रममा तीनभन्दा बढी  बाध्यकारी श्रमका अवस्थाहरू भोग्नु परेको र २० प्रतिशतले रोजगारीका क्रममा पाँचभन्दा बढी प्रकारका बाध्यकारी श्रम भोग्न परेको बताएका छन् । 

यूएईले पछिल्लो समय श्रम क्षेत्रमा सुधार गर्दै आएको छ । यूएईले आफ्नो श्रम कानुनमा सुधार गर्दै ल्याएको नयाँ श्रम कानुन फेब्रुअरी २ देखि  लागू भएको छ । तर पनि यूएईमा श्रमिकहरूले यस्ता विभिन्न समस्याहरू भोग्न बाध्य हुन परेको छ ।

यूएईले युनियनलाई अझै पनि गैर कानुनी मानिदा आफ्ना समस्या र चुनौतीका बारेमा बोल्दा प्रतिशोध खेप्नु पर्ने वा रोजगारी नै गुमाउनुपर्ने जस्ता भयको सामना बेगर प्रतिनिधित्व गर्न पाउनु पर्ने अधिकारबाट श्रमिकहरू वञ्चित भएको इक्वीडेमको ठहर छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया