काेराेनाबाट एकै दिन १४ जनाकाे ज्यान गयाे, थप ३ हजार १ सय ७५ जनामा सङ्क्रमण

 माघ २०, २०७८ बिहिबार १७:३१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना भाइरसकाे सङ्क्रमणबाट १४ जनाकाे ज्यान गएकाे छ । याेसहित नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार सात सय ७८ पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै नेपालमा थप तीन हजार एक सय ७५ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय पाँच जनाकाे नमुना परीक्षण गर्दा तीन हजार एक सय ७५ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।  यसमा व्यक्तिगत रूपमा परीक्षण गरेर इमेल र एसएमएसबाट पठाएको विवरण पनि समावेश रहेको मन्त्रालयले जनाएको छ ।  

यस्तै २४ घण्टामा आठ हजार सात सय २३ जना सङ्क्रमणमुक्त भएका छन् । याेसहित नेपालमा काेराेनाबाट निकाे हुनेकाे सङ्ख्या आठ लाख ८७ हजार चार सय ४३ पुगेकाे छ । अहिले नेपालमा ६३ हजार दुई सय ९६ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका छन् । 

यसैबीच नेपालमा थप दुई लाख ६६ हजार पाँच सय ४० जनाले कोरोना खोप लगाएका छन् । योसहित नेपालमा तीन करोड २७ लाख २४ हजार आठ सय ३९ मात्रा खोपको प्रयोग भएको छ । यसमा एक करोड ७३ लाख दुई हजार सात सय ८७ जनाले कम्तीमा एक मात्रा, एक करोड ४९ लाख २७ हजार आठ सय ९८ जनाले पूर्ण मात्रा र ४९ लाख ४१ हजार पाँच सय ४१ जनाले अतिरिक्त खोप लगाएका मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया