काेराेनाबाट एकै दिन १६ जनाकाे ज्यान गयाे, २५ सय सङ्क्रमित थपिए, ८ हजारभन्दा धेरै निकाे

 माघ २१, २०७८ शुक्रबार १५:४७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काेराेना भाइरसकाे सङ्क्रमणबाट नेपालमा २४ घण्टामा १६ जनाकाे ज्यान गएकाे छ । याेसहित काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार सात सय ९४ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

यस्तै २४ घण्टामा दुई हजार पाँच सय २६ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी ११ हजार ७३ जनाकाे नमुना परीक्षण गर्दा दुई हजार पाँच सय २६ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।  यसमा व्यक्तिगत रूपमा परीक्षण गरेर इमेल र एसएमएसबाट पठाएको विवरण पनि समावेश रहेको मन्त्रालयले जनाएको छ ।  

यस्तै थप आठ हजार चार सय २५ जना काेराना सङ्क्रमणबाट मुक्त भएका छन् । याे सङ्ख्यासहित नेपालमा काेराेनाबाट निकाे हुनेकाे सङ्ख्या आठ लाख ९५ हजार आठ सय ८६ पुगेकाे छ । अहिले नेपालमा ५६ हजार चार सय ५७ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ । 

यसैबीच नेपालमा थप पाँच लाख १३ हजार ५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा एक करोड ५१ लाख ८३ हजार चार सय ४६ जनाले पूर्ण मात्रा र एक करोड ७४ लाख ९५ हजार चार सय ९४ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् । अतिरिक्त मात्रा खोप लगाउनेको सङ्ख्या पाँच लाख ५८ हजार नौ सय ५० पुगेको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया