बिचाैलियाकाे चलखेल राेक्न, पालाेअनुसार सेवा दिन रुकुम पश्चिम मालपाेतमा टाेकन प्रणाली

 माघ २३, २०७८ आइतबार १७:३५:१३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – मालपोत कार्यालय रुकुम पश्चिममा टोकन प्रणालीको सुरुवात गरिएको छ । अनियमित र अव्यवस्थित सेवा भएको गुनासो बढिरहेका बेला मालपोत कार्यालय रुकुम पश्चिमले सेवालाई सहज बनाउने प्रयास थालनी गरिएको जनाएको छ । 

यही माघ ४ गतेदेखि कार्यालयमा टोकन प्रणालीमार्फत सेवा प्रदान गर्न थालिएको हाे । ‘बिचौलियाको चलखेल भयो’, मालपोत कार्यालयका निमित्त प्रमुख ओमबहादुर खत्रीले भन्नुभयो, ‘चलखेल रोक्न र पालोअनुसार सहज सेवा प्रवाह गर्न टोकन प्रणाली लागू गरेका छौँ ।’

टाेकन प्रणाली सुरु भएसँगै धेरै गुनासो आउने गरेको अनलाइन सेवा र विद्युतकाे समस्या समाधान केन्द्रित भएको निमित्त प्रमुख खत्रीले बताउनुभयो । उहाँले सोलार प्रणाली जडान गरेर विद्युतकाे समस्या समाधन गरिएको र इन्टरनेटको समस्या समाधनमा लागेको जनाउनुभयो । 

मालपोत कार्यालयमा सेवाग्राहीले आफ्नो पालोअनुसार समयमै सेवा नपाएको गुनासो गर्दै आएका थिए । जिल्ला प्रशासन कार्यालयमा समेत मालपोत कार्यालयमा भएको अव्यवस्थित सेवाबारे सेवाग्राही र लेखापढी व्यवसायीले गुनासो गर्दै आएका थिए । 

गुनासोपछि प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले मालपोत कार्यालयमा टोकन प्रणाली सुरुवात गर्न निर्देशन दिनुभएको थियो । उहाँले सेवाग्राहीलाई समयमै, पालोअनुसार र सहज रूपमा सेवा प्रदान गर्न टोकन प्रणाली लागू गर्न निर्देशन दिएलगत्तै त्याे सेवाकाे सुरु गरिएकाे मालपोत कार्यालयले जनाएको छ । 

टोकन प्रणालीअनुसार सुरुमा सेवाग्राहीले कार्यालय प्रमुख समक्ष निवेदन पेस गरेपछि प्रमुखले नम्बर र समय अङ्कित टोकन सेवाग्राहीलाई उपलब्ध गराउनुहुनेछ । त्यसपछि त्यही टोकन नम्बरअनुसार सम्बन्धित फाँटमा क्रमैसँग सेवाग्राहीले सेवा लिन सक्नेछन् । कार्यालय प्रमुख खत्रीका अनुसार सकभर टोकन उपलब्ध गराएकै दिनमा सेवा प्रदान गरिने छ । तर, त्यही दिन काम सम्पन्न नभएमा अघिल्लो दिनको टोकन नम्बरअनुसार काम हुनेछ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया