रुकुममा घाइते अवस्थामा भेटिएकाे गिद्धको उद्धारपछि उपचार सुरु

 माघ २४, २०७८ सोमबार १७:४०:५९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – डिभिजन वन कार्यालय रुकुम पश्चिमले घाइते अवस्थामा भेटिएको लोपोन्मुख गिद्धको उद्धार गरेर उपचार गरिरहेको छ । 

जिल्लाको त्रिवेणी गाउँपालिका १ मा घाइते अवस्थामा भेटिएकाे खैरो गिद्धलाई गएकाे शुक्रवार उद्धार गरेर उपचार भइरहेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख महेश कुमाईले जानकारी दिनुभयो । निमित्त प्रमुख कुमाईका अनुसार गिद्धले विषादी हालेको सिनो खाएको आशङ्का गरिएको छ । गिद्ध झोक्रिएको अवस्थामा फेला परेको थियो । 

पशु अस्पताल तथा पशु सेवा कार्यालयमा उपचार गराएर घाइते गिद्धलाई वन कार्यालयको वन्यजन्तु उद्धार केन्द्रमा राखिने स्वस्थ भएपछि वाससस्थानमै छोडिने बताइएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया