कोरोना सङ्क्रमणबाट थप १४ जनाको ज्यान गयो, ७ हजार ७ सय ७७ जना निको

 माघ २६, २०७८ बुधबार १७:१६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना सङ्क्रमणका कारण नेपालमा थप १४ जनाको ज्यान गएको छ । सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको ज्यान गएको र अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्ला केही दिनयता नयाँ सङ्क्रमित थपिने क्रम घटे पनि ज्यान गुमाउनेको सङ्ख्या भने बढिरहेको छ । यस्तै २४ घण्टामा थप दुई हजार चार सय एक जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी १६ हजार तीन सय ५६ जनाको नमुना परीक्षण गर्दा २४ सय एक जनामा सङ्क्रमण देखिएको हो ।

यही अवधिमा सात हजार सात सय ७७ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख २८ हजार तीन सय ६९ पुगेको छ । अहिले ३० हजार दुई सय ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै २४ घन्टामा दुई लाख ४६ हजार सात सय ८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म  १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार एक सय जनामध्ये ७३ दशमलव पाँच प्रतिशत अर्थात् एक करोड ४६ लाख ३५ हजार जनाले पूर्ण मात्रा खोप लगाएका छन् । ८८ दशमलव नौ प्रतिशत अर्थात् एक करोड ७७ लाख १६ हजार जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।

यस्तै १२ देखि १७ वर्ष उमेर समूहका ३४ लाख पाँच हजार चार सय बालबालिका रहेकामा ८३ प्रतिशत अर्थात् २८ लाख ४६ हजार तीन सय ९० जनाले एक मात्रा र ३७ प्रतिशत अर्थात् १२ लाख ५४ हजार दुई सय जना बालबालिकाले पूर्ण मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया