जुम्लामा हिउँमा फसेका ३४ जनाकाे उद्धार

 माघ २६, २०७८ बुधबार १९:३४:७ | नेत्र शाही
unn.prixa.net

फाइल फाेटाे, हिउँमा फसेका नागरिक, तस्बिर : नेत्र शाही

जुम्ला – हिउँमा फसेका जुम्ला तातोपानी गाउँपलिका ८ का ३४ जनाकाे पाँच दिनपछि उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय, तातोपानी गाउँपालिका र स्थानीयवासीकाे समन्वयमा हिउँमा फसेकाहरूकाे हिजाे बुधवार उद्धार गरिएकाे हाे । 

गएको माघ २१ गते भएको भारी हिमपातका कारण गाग्रा पाटनमा सेतो चिनी (खिरौला) सङ्कलन गर्न गएका तातोपानी ८ टोप्लाका ३४ जना घर फर्किन नसकेर हिउँमा फसेका थिए । 

गएकाे माघ २३ गते उनीहरूकाे उद्धार गर्न स्थानीय प्रशासनको पहल, तातोपानी गाउँपालिकाको समन्वय तथा मुख्यमन्त्री र कानुन मन्त्रालयको सहयोगमा हेलिकप्टर पठाइएको थियो । तर बाक्लो हिउँ जमेकाले हेलिकप्टर अवतरण हुन नसकेपछि झन्डै दुई क्विन्टल खाद्यान्न खसालेर हेलिकप्टर फर्किएकाे थियाे ।   

यसैबीच हिजाे सुरक्षा निकाय, प्रशासन, गाउँपालिकाको समन्वयमा हिउँमा फसेका ३४ जनाकाे उद्धार गरिएकाे हाे । साथै पाटनमा रहेका सयाैँ भेडाकाे पनि उद्धार गरिएकाे प्रशासन कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया