काेराेना सङ्क्रमणबाट एकै दिन १४ जनाकाे ज्यान गयाे, २ हजार जनाभन्दा धेरै निकाे

 माघ २८, २०७८ शुक्रबार १६:१७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणका कारण १४ जनाको ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय ७८ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार एक सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २० हजार नौ सय ८९ जनाको नमुना परीक्षण गर्दा एक हजार एक सय २८ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो कुल परीक्षण गरिएका नमुनाको पाँच दशमलव ३७ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार दुई सय १५ जना निको भएका छन् । अहिले नेपालमा २७ हजार चार सय ४१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार दुई सय ६५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । कम्तीमा एक मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ८१ लाख १९ हजार र पूर्ण मात्रा लगाउनेको सङ्ख्या एक करोड ६१ लाख ५९ हजार जना पुगेको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया