२४ घण्टामा ५ सय ७० जनामा काेराेना पुष्टि, झन्डै २ हजार जना निकाे

 फागुन ५, २०७८ बिहिबार १७:१३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा पाँच सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी नाै हजार सात सय ८९ जनाकाे नमुना परीक्षण गर्दा पाँच सय ७० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै थप एक हजार नाै सय ९३ जना काेराेना सङ्क्रमणमुक्त भएका छन् । याेसहित अहिलेसम्म निकाे हुनेकाे सङ्ख्या नाै लाख ४६ हजार तीन सय ३० जना पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

यही अवधिमा कोरोनाका कारण थप तीन जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाै सय ११ जना पुगेको छ ।  

यस्तै थप दुई लाख १४ हजार एक सय तीन जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया