थप ४ सय ७६ जनामा काेराेना पुष्टि हुँदा ८ सय ३१ जना निकाे

 फागुन १०, २०७८ मंगलबार १७:२२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा चार सय ७६ जनामा काेभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडिटी गरी नाै हजार चार सय २४ जनाको नमुना परीक्षण गरिएकाेमा चार सय ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन जनाले काेराेना सङ्क्रमणका कारण ज्यान गएका छन् । याेसहित काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाै सय २८ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ सय ३१ जना सङ्क्रमणमुक्त भएकाे छन् । अब नेपालमा १० हजार सात सय ४७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

थप एक लाख सात हजार १८ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै नेपालमा तीन करोड ७१ लाख २१ हजार एक सय ९६ मात्रा खोपको प्रयोग भएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया