थप ३ सय १८ जनामा काेराेना पुष्टि, ५ सय ६२ जना निकाे

 फागुन १२, २०७८ बिहिबार १८:४१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा तीन सय १८ जनामा (काेभिड–१९) कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी सात हजार सात सय ४३ जनाको नमुना परीक्षण गरिएकोमा तीन सय १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

यस्तै पछिल्लाे २४ घण्टामा पाँच सय ६२ जना काेराेना सङ्क्रमणबाट मुक्त भएका छन् । अब नेपालमा नाै हजार ६ सय ७८ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका छन् । 

यही अवधिमा एक जना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसहित नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार नाै सय ३१ जना पुगेको मन्त्रालयले जनाएकाे छ ।  

यस्तै २४ घण्टामा एक लाख १५ हजार चार सय ६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा तीन करोड ६६ लाख ९१ हजार ६ सय ३० मात्रा खोपको प्रयोग भएको छ । यसमा एक करोड ८४ लाख ३५ हजार एक सय ५१ जनाले पहिलो मात्रा, एक करोड ७२ लाख ३५ हजार नाै सय ३८ जनाले दोस्रो मात्रा र १० लाख २० हजार पाँच सय ४१ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया