यूएईले मार्चदेखि अनिवार्य मास्कको नियम हटाउने

 फागुन १६, २०७८ सोमबार १६:७:८ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – कोरोना संक्रमणदर कम भएसँगै यूएईले कोरोना नियन्त्रण गर्न लागू गरेका नियमहरुमा खुकुलो पार्दै आएको छ । मार्च १ देखि लागू हुने गरी अब घरबाहिर वा सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउनुपर्ने नियम हट्नेछ ।

तर बन्द ठाउँ अर्थात् घरभित्र (इनडोर  धेरै भेला भएको अवस्थामा भने मास्क अनिवार्य नै हुनेछ । यस्तै कोरोना पोजेटिभ भएकासँग कन्ट्र्याक्ट ट्रेसिङमा परेकालाई पनि अनिवार्य क्वरेण्टिनको नियम हट्ने यूएईको राष्ट्रिय आपतकालीन संकट व्यवस्थापन समितिको भनाइलाई उद्धृत गर्दै खलिज टाइमले जनाएको छ ।

यस्तै कोरोना पोजेटिभ देखिएकाहरुले आइसोलेशनमा बस्नुपर्ने नियममा भने कुनै परिवर्तन गरिएको छैन । यस्तै यूएई प्रवेश गर्ने यात्रुले पूर्ण मात्रा खोप लगाएको भए खोप लगाएको पमाण र खोपको पूर्ण मात्रा नलगाएकाहरुले भने ४८ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट देखाउनुपर्ने हुन्छ ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया