६ हजार ८ सय ७४ जनाकाे नमुना परीक्षण गर्दा १ सय २७ जनामा काेराेना सङ्क्रमण

 फागुन १८, २०७८ बुधबार १७:०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी ६ हजार आठ सय ७४ जनाको नमुना परीक्षण गर्दा एक सय २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै थप तीन सय २१ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५७ हजार चार सय ८८ जना पुगेको छ । अहिले नेपालमा सात हजार सात सय ७० जना सक्रिय सङ्क्रमित रहेका छन् । 

यही अवधिमा तीन जना सङ्क्रमितकाे ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ४१ जना पुगेको छ । 

यसैबीच २४ घण्टामा ३५ हजार सात सय जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ७५ लाख ६७ हजार जना पुगेको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया