नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलङ्का जाँदै

 फागुन २१, २०७८ शनिबार ७:५५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - यूएईमा हुने आईसीसी विश्व कप क्रिकेट लिग टु मा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान श्रीलङ्का जाँदैछ ।

विश्व कप क्रिकेट लिग टु मा सहभागी हुनुभन्दा अगाडि नेपालले श्रीलङ्कामा अभ्यास खेल खेल्नेछ । श्रीलङ्कामा नेपालले पहिलो श्रेणीका टोलीसँग चार वटा अभ्यास खेल खेल्ने भएको हो । नेपाल, श्रीलङ्काबाटै मार्च १४ मा यूएई जाने कार्यक्रम छ ।

त्रिदेशीय श्रृङ्खलाका लागि नेपालबाट १६ खेलाडीलाई अन्तिम सूचीमा राखिएको छ । नेपालले एक दिवसीय श्रृङ्खलामा यूएई र पपुवा न्यु गिनी (पीएनजी) सँग खेल्नेछ । लिग टु मा नेपालसहित ७ टोली सहभागी छन् ।

नेपालको राष्ट्रिय टोलीमा कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सराफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम सोब र भीम शार्की छन् । टोलीलाई हिजो नेपाल क्रिकेट सङ्घ क्यानले बिदाइ गरेको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया