यूएईमा महिलालाई दुर्व्यवहार गरेमा एक वर्ष भन्दा बढी कैद, दश हजार दिर्हाम जरिबाना

 फागुन २२, २०७८ आइतबार १६:२१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

महिला सुरक्षाको लागि बलियो कानुन भएको देश मानिने यूएईले पछिल्लो समय महिलालाई दुर्व्यवहार विरुद्ध कारबाहीको व्यवस्थालाई थप कडाइ गरेको छ । 

यूएईको सार्वजनिक अभियोजन (पब्लिक प्राेसिक्युशन-पीपी)ले बोली वा क्रियाकलाप जुनसुकै तरिकाले पनि सार्वजनिक स्थल तथा सडकमा महिलालाई दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्ने जनाएको छ । यूएईको संघीय कानुन २०२१ को ३१ नम्बर अन्तर्गत धारा ४१२ ले यस्तो कार्य गर्नेलाई एक वर्ष भन्दा बढी कैद वा दश हजार दिर्हाम जरिबाना वा दुवै सजाय तोकेको छ ।

यस्तै महिलाको नक्कली भेष धारण गरेर महिलाको लागि आरक्षित ठाउँमा जाने वा त्यस्तो भेषमा पुरुषलाई निषेध गरिएको क्षेत्रमा गएमा पनि धारा ४१२ अनुसारकै कारबाही हुन्छ । यस्तो क्रियाकलाप गर्ने पुरुषको नियत गलत हुने र अपराध गर्नसक्ने भएकाले यो अपराधलाई पनि गम्भीर रुपमा लिइएको छ । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया