थप ८८ जनामा काेराेना पुष्टि, ३ सय ७६ जना निकाे

 फागुन २३, २०७८ सोमबार १७:१७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरेर आठ हजार ६ सय ३८ जनाको नमुना परीक्षण गर्दा ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा तीन सय ७६ जना सङ्क्रमणमुक्त भएका छन् । याे सहित काेराेनाबाट निकाे हुनेकाे सङ्ख्या नौ लाख ५९ हजार चार सय ६९ जना पुगेको छ । अहिले ६ हजार एक सय ५० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यही अवधिमा एक जना सङ्क्रमितको ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ५८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ३३ हजार आठ सय ५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया