स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोपपछि सप्तरीका दुर्इ नगरपालिका विपद् क्षेत्र घोषित

 भदौ २९, २०७५ शुक्रबार १४:४५:४५ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - स्वाइन फ्लू र हङकङ फ्लुको प्रकोप फैलिएपछि सप्तरीको कञ्चनरुप नगरपालिका र हनुमाननगर नगरपालिका क्षेत्रलाई आजदेखि विपद् क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला दैवी प्रकोप उद्दार समितिको आकस्मिक बैठकले प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको कञ्चनरुपका

मेयर प्रमुख वसन्त मिश्रले जानकारी दिनुभयो । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको र्‍याल परीक्षण गरी उनीहरुमा स्वाइन फ्लू र हङकङ फ्लु भएको पुष्टि गरेपछि  विपद् क्षेत्र घोषणा गरिएको हो ।

पछिल्लो दुई हप्तादेखि कञ्चनरुप र हनुमाननगर नगरपालिका क्षेत्रमा फैलिएको स्वाइन फ्लू र हङकङ फ्लूका कारण तीन बालकसहित चारजनाको ज्यान गएको छ ।

१७ सयभन्दा धेरै बिरामी छन् । बिरामीहरुमा ज्वरो आउने, खोकी लाग्ने लगायतका लक्षण देखिएका छन् ।  

 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया