२४ घण्टामा काेराेना सङ्क्रमणका कारण हुने मृत्यु शून्यमा झर्‍याे

 फागुन २६, २०७८ बिहिबार १६:१७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार दोस्रो दिन आज बिहीवार पनि कोरोना सङ्क्रमणका कारण हुने मृत्यु शून्यमा झरेको छ । पछिल्लो ४८ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान नगएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हिजाे बुधवार पनि काेराेनाबाट कसैकाे ज्यान गएकाे थिएन । 

यस्तै २४ घण्टामा एक सय १२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी विधिबाट नौ हजार तीन सय २८ जनाको नमुना परीक्षण गर्दा एक सय १२ जनामा सङ्क्रमण पुष्टि भएको हो । 
यही अवधिमा चार सय २९ जना सङ्क्रमणमुक्त भएका छन् । याेसहित कोरोनाबाट निकाे हुनेकाे सङ्ख्या नौ लाख ६० हजार चार सय ९७ जना पुगेको छ । 

नेपालमा अब पाँच हजार तीन सय ४० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै २४ घण्टामा एक लाख २९ हजार दुई सय ८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया