रुकुम पूर्वमा भेटिएका १० वटा सकेट बम डिस्पोज

 फागुन २७, २०७८ शुक्रबार १५:११:१६ | राजु लामिछाने
unn.prixa.net

सकेट बम भेटिएकाे ठाउँ

रुकुम पूर्व – रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जङ्गलमा भेटिएका १० वटा सकेट बम डिस्पोज गरिएको छ । हिजाे बिहीवार कालो प्लास्टिकको ड्रमभित्र लुकाइ राखेको अवस्थामा फेला पारिएका सकेट बम आज शुक्रवार डिस्पोज गरिएको हो । 

रुकुमकोटबाट गएको नेपाली सेनाको टोलीले दिउँसो बम डिस्पोज गरेको वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो । कालो ड्रमबाहिर रहेका दुई वटा र ड्रमभित्र रहेका आठ वटा गरी १० वटा सकेट बमलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले डिस्पोज गरेको हो । 

हिजाे  दिउँसो बाख्रा चराउन जङ्गलमा गएका स्थानीयवासीले शङ्कास्पद वस्तु देखेपछि वडा कार्यालयमा जानकारी गराएका थिए । पछि वडा कार्यालयले इलाका प्रहरी कार्यालय प्वाङमा खबर गरेको थियो । आज बिहान बम डिस्पोज गर्न जिल्लाबाट नेपाली सेना र नेपाल प्रहरीको टोली गएको थियो । 

सकेट बम विगतको जनयुद्धको क्रममा तत्कालीन नेकपा माओवादीले लुकाएर राखेको हुन सक्ने वडाध्यक्ष केसीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया