रातीदेखि बढीगाड खोला थुनियो, चार घर डुबानमा

 भदौ ३०, २०७५ शनिबार ५:५९:१७ | जनार्दन घिमिरे

बाग्लुुङ - ढोरपाटन नगरपालिका र बढीघाट गाउँपालिकाको सिमानामा गएरातिदेखि बढीगाड खोला थुनिएको छ । राती करिब १२ बजेदेखि खोला थुनिएको हुनसक्ने स्थानीयबासिन्दाले अनुमान गरेका छन् । ढोरपाटन नगरपालिका १ र बढीघाट गाउँपालिका ७ अन्तर्गत भर्याङ क्षेत्रमा माथिबाट सुख्खा पहिरो खसेपछि खोला थुनिएको हो । 

खोला थुनिएपछि ढोरपाटन नगरपालिका २ को सिमलचौर क्षेत्रका ४ वटा घरहरु डुबानमा परेको स्थानीयबासिन्दाले बताएका छन् । डुबानबाट कुनै मानवीय क्षति भएको छैन । पहाड माथिबाट खसेको ठूलो चट्टानले खोला थुनेपछि बढीघाट छेउछाउमा रहेका बाग्लुङ्ग र गुल्मीका बासिन्दा रातभर जाग्राम बसेका छन् । उनीहरु थुनिएको खोलाको ताल कुनै पनि बेला फुट्न सक्ने खतराबाट निकै त्रसित बनेका छन् ।

घटनाको जानकारी पाएपछि रातै नै बाग्लुुङबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, नेपाली सेना सहितको टोली घटनास्थलमा जाँदैछ । खोला थुनिएपछि गुल्मीको मुसिकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका र रुरु गाउँपालिका अन्तर्गत पर्ने बढीगाड खोला वरिपरि रहेका बजार र बस्तीहरुमा पनि सुरक्षा सतर्कता बढाइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भएको छ ।

बढीगाड थुनिएको स्थान बाग्लुङ्ग सदरमुकामबाट ८५ किलोमिटर उत्तर पश्चिम र गुल्मी सदरमुकामबाट ४५ किलोमिटर दूरीमा पर्दछ । 

कुन-कुन क्षेत्र जाेखिममा छन् ?

 


 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Gopal prasad gaire

    Sept. 15, 2018, 6:31 a.m.

    बडीको अर्थ ठूलो हो र गाडको अर्थ खोला हो । दुवैलाई मिलाएर बडीगाड शब्द बनेको हो । त्यसैले बडीगाड भनेपछि फेरि खोला वा नदी शब्द थप्नुपर्दैन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया