२४ घण्टामा ८२ जनामा काेराेना पुष्टि, २ सय १३ जना निकाे

 चैत २, २०७८ बुधबार १६:५८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार एक सय ७५ जनाको नमुना परीक्षण गर्दा ८२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा दुई सय १३ जना कोरोना सङ्क्रमित निको भएका छन् । यही अवधिमा कोरोना सङ्क्रमणका कारण हुने मृत्यु शून्यमा झरेको छ ।

अहिले नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार पाँच सय ७४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा एक लाख पाँच हजार चार सय २२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया