नेपाल प्रवेश गर्ने सीमा नाकाहरूमा अब यस्ताे अवस्थामा मात्र स्वास्थ्य परीक्षण (सूचनासहित)

 चैत ६, २०७८ आइतबार १३:५७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे, कञ्चनपुर नाका

काठमाण्डाै – नेपाल प्रवेश गर्ने सीमा नाकाहरूमा अब कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप नलगाएका, ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट नभएका र लक्षण देखिएकाहरूको मात्र स्वास्थ्य परीक्षण हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आइतवार सूचना निकालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा गर्दै आएको स्वास्थ्य परीक्षणलाई खुकुलो बनाएको जानकारी गराएको हो ।

पूर्ण खोप र ७२ घण्टाभित्रको कोरोना परीक्षण नेगेटिभ भएको रिपोर्ट भए पनि कोरोनासँग मिल्दो लक्षण भएमा भने परीक्षण गराउनुपर्ने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया