आँगनमा बिजुलीको पोल, घर भित्र टुकी बत्ती

 भदौ ३१, २०७५ आइतबार १३:५६:४९ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – बाटो छेउमा गाडिएका पोलहरु भाँचिएका छन् ।

बिजुलीको तारहरु चुँडिएका छन् । नवलपरासीको देवचुली नगरपालिका ६ मा पर्ने कुम्सोत जाँदा यस्तै दृश्य बाटोमा सहजै देखिन्छ । नगरपालिकाको मुण्डेबाट उकालो लागेदेखि प्रशस्त भा“चिएका पोलहरु बाटो छेउछाउमा लडेको भेटिन्छ । तारहरु पिँका डोरी जस्तै झुण्डिएका दृश्य पनि उस्तै देखिन्छ ।
 
देवचुली नगरपालिका ६ कुम्सोत र कीर्तिपुरमा बिजुली बिस्तारका लागि लगिएको यो बिजुलीको तार पोलको अवस्था गएको ४ वर्ष देखिको हो । राजमार्गदेखि झण्डै १० किलोमिटरको दूरीमा रहेको कुम्सोत र ७ किलोमिटरको हाराहारीमा रहेको कीर्तिपुरमा अझै विद्युत बिस्तार हुन सकेको छैन ।

नगरपालिकाको वडाको रुपमा रहेको राजमार्गदेखि नजिकको दूरीमा रहेका यी गाउ“का बासिन्दा वर्षौदेखि घर नजिकै गाडिएका बिजुलीका पोल र टा“गिएका तार हेर्दै बस्न बाध्य छन् ।

झण्डै ४ वर्षअघि यी क्षेत्रमा विद्युत बिस्तारको लागि पहल शुरु भएको थियो । तर अझैसम्म पनि विद्युत भने पुग्न सकेको छैन । यी स्थानदेखि ५ किलोमिटर वर रहेको मुण्डेमा यसअघि नै विद्युत विस्तार भएको छ ।

झण्डै ४/५ किलोमिटरको दूरीमा विद्युत विस्तारका लागि ४/५ वर्ष नै लाग्नु दुखदायी भएको स्थानीयको गुनासो छ  । त्यो पनि नगरपालिका भित्रकै  वडामा विभेद रहेको स्थानीयको भनाई छ ।

बर्सेनि पहिरोले भाँचिएको भन्दै विद्युत प्राधिकरणले पोलहरु नया“ गाड्ने क्रम भने चलिरहेको हुन्छ । पटक पटक भाँचिएका पोल फेर्ने बाहेक स्थानीयले विद्युतको उपभोग गर्न पाएका छैनन् ।
 
‘खै प्रत्येक वर्ष अहिले त बिजुली बल्छ भन्छन, यस्तै भनेको कति वर्ष भयो’, कुम्सोतका धनबहादुर मगरले भन्नुभयो, ‘आग“नमा गाडेको बिजुलीको पोल हेर्दै टुकी बालेर बसेका छौ ।
 
यता विद्युत प्राधिकरण कावासोतीका प्रमुख राजिवकुमार शर्माले बजेट अभावका कारण विद्युत जडान गर्न नसकिएको बताउनु भएको छ । थोरै थोरै बजेट प्रत्येक वर्ष विनियोजन हुँदा समस्या हुने गरेको बताउनु भएको छ ।

उहा“का अनुसार यस आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन भएमा विद्युत बाल्न सक्ने बताउनुभयो । यस आर्थिक वर्षमा कीर्तिपुर, कुम्सोत, बाह्रकोल, गैडाकोटको हर्दी लगायतका स्थानमा विद्युत बाल्ने योजना रहेको बताउनु भएको छ ।

तर केन्द्रबाट नै थोरै थोरै बजेट धेरै ठाउँका लागि विनियोज गर्दा काम सम्पन्न गर्न समस्या हुने गरेको उहाँले बताउनुभयो ।

अघिल्लो वर्ष भदौमा उज्यालोसँग कुराकानी गर्दै विद्युत कार्यालय कावासोतीका इन्जिनियर रमेश अवस्तीले समेत आर्थिक वर्ष २०७४/०७५ भित्र लाइन छाड्न सकिने सम्भावना रहको बताउनु भएको थियो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया