विश्वमा कोरोना पुष्टि हुनेको सङ्ख्या ५० करोड नाघ्याे, ६२ लाख जनाभन्दा धेरैको ज्यान गयो

 चैत २९, २०७८ मंगलबार १८:१८:१७ | एजेन्सी
unn.prixa.net

विश्वमा कोरोना भाइसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ५० करोड नाघेको छ । अहिलेसम्म ५० करोड एक लाख जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको वर्ल्डाेमिटरले जनाएको छ । 

सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरस विश्वभर फैलिएर अहिलेसम्म ५० करोड मानिसमा सङ्क्रमण भएको हो । सबैभन्दा धेरै अमेरिकामा आठ करोड २१ लाख र दोस्रोमा भारतमा चार करोड ३० लाख जनामा सङ्क्रमण पुष्टि भएको छ । विभिन्न १२ देशमा एक करोडभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । 

विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये ६२ लाख ६ हजार जनाभन्दा धेरैको ज्यान गएको छ । ४५ करोड दुई लाख जना निको भएका छन् । 

यस्तै विश्वमा अहिलेसम्म ११ अर्ब ४६ करोड मात्रा कोरोनाविरुद्धको खोप प्रयोग भइसकेको छ । विश्वमा ४२ प्रतिशतभन्दा धेरै मानिसले पूर्ण मात्रा खोप लगाइसकेका छन् । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया