नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४ सय जना

 बैशाख ३, २०७९ शनिबार १६:५८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या चार सय जनामा झरेको छ । पछिल्लो २४ घण्टामा थप ४४ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या चार सय जनामा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, थप नौ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एण्टीजेन गरी चार हजार ४३ जनाको नमूना परीक्षण गर्दा नौ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । यस्तै थप ३० हजार आठ सय ८९ जनाले कोरोनाविरुद्धको खोप लाएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया