राेजगारीकाे लागि दुबई पठाइदिन्छु भन्दै झण्डै १० लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

 बैशाख १७, २०७९ शनिबार १३:५८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रोजगारीको लागि दुबई पठाइदिन्छौँ भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका घर भई हाल ललितपुरको ठेचोमा बस्दै आएका ३३ वर्षीय विकास तामाङ र त्यही ठाउँका ६० वर्षीय हरिबहादुर तामाङ रहेका छन् । मोरङको रतुवामाई नगरपालिका घर भई हाल काठमाण्डौ बस्ने पाँच जनालाई भिजिट भिसामा यूएई पठाइदिने प्रलोभनमा पारि उनीहरुले ९ लाख ५० हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले प्रतिव्यक्ति एक लाख ९० हजारका दरले रकम उठाएर फरार भएका हुन् । 

वैदेशिक रोजगार विभागमा आएको उजुरीका आधारमा विभागबाट पक्राउ गरी उपस्थित गराइदिन पत्राचार भएपछि खोजतलास गरी उनीहरुलाई पक्राउ गरिएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुमध्ये विकासलाई बिहीबार काठमाण्डौको चुच्चेपाटीबाट र हरिबहादुरलाई हिजो ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको हो । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाइएको छ ।

पछिल्लो समय भिजिट भिसाको नाममा रोजगारी दिलाइदिने भन्दै ठूलो रकम लिएर एजेण्ट फरार हुने र ठगी गर्ने क्रम बढेको छ । राम्रोसँग बुझेर मात्र वैदेशिक रोजगारीमा जान र एजेण्टको भर नपर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । एजेण्टमार्फत वैदेशिक रोजगारीमा जानु गैर कानुनी मानिन्छ ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया