वैदेशिक रोजगारीका कारण मानसिक समस्या : ३० हजार भन्दा बढीले लिए ‘सीएमसी’को मनोपरामर्श

 बैशाख १८, २०७९ आइतबार १४:११:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीका कारण मानसिक समस्यामा परेका ३० हजार भन्दा बढी व्यक्तिले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी)मार्फत मनोपरामर्श सेवा लिएका छन् । सीएमसीको स्थापना भएको २०१९ सेप्टेम्बरदेखि अहिलेसम्म ३० हजार ६ सय ३५ जनाले समूहगत रुपमा मनोपरामर्श सेवा पाइसकेको सीएमसीले जनाएको छ । यस्तै, पाँच हजार सात सय ४८ जनाले व्यक्तिगत रुपमा मनोपरामर्श लिएका छन् ।

परदेशमा आफ्ना मान्छे कुनै समस्यामा पर्दा वा ज्यानै समेत जाँदा त्यसले मानसिक रुपमा परिवारका सदस्यलाई कमजोर पार्छ । यसले चिन्ता निम्त्याउँछ । त्यस्तो अवस्थामा पीडितले मनोपरामर्श नपाए डिप्रेशनसम्म जाने र आत्महत्याकै प्रयाससम्म गर्न सक्ने जोखिम रहन्छ । यस्तै समस्यालाई न्यूनीकरण गर्न सीएमसीले सुरक्षित आप्रवासन परियोजना सामीसँग प्राविधिक रुपमा सहकार्य गर्दै ३९ जिल्लाका एक सय ५६ स्थानीय तहहरुमा सञ्चालित छ ।

यस कार्यक्रमबाट ६ महिने तालिम लिएका एक सय ५२ जना मनोपरामर्शकर्ता मार्फत सीएमसीले सेवा दिँदै आएको छ । अहिलेसम्म सेवा लिएका  कुल सेवाग्राहीमध्ये सबैभन्दा बढी अर्थात् लगभग ६० प्रतिशत वैदेशिक रोजगारमा गएका व्यक्तिको श्रीमती, २१ प्रतिशत आमा, ३ प्रतिशत बुवा, ३ प्रतिशत बालबालिकाहरु र ८ प्रतिशत वैदेशिक रोजगारमा गएका व्यक्ति स्वंनै रहेका सीएमसीले जनाएको छ । यस्तै सीएमसीका अनुसार वैदेशिक रोजगारको कारणले सबैभन्दा धेरै चिन्ताजन्य समस्या ७३ प्रतिशत, डिप्रेशन १७ प्रतिशत, आघात ४ प्रतिशत, आत्महत्याको प्रयास गरेको तथा जोखिम ३ प्रतिशत पाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार वैदेशिक रोजगारमा गएका मध्ये १० दशमलव ४ प्रतिशतले आत्महत्या गरेको जनाएको छ । 

सीएमसीले वैदेशिक रोजगारीको क्षेत्रमा हुने मानसिक समस्याबाहेक अरु क्षेत्रमा पनि काम गर्दै आएको छ । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना, सामुदायिक मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग, विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम, मनोसामाजिक परामर्श तालिमजस्ता कार्यक्रम पनि यस संस्थाले सञ्चालन गर्दै आएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया