संस्थागत रुपमा युराेपेली देश सर्बियाको रोजगारी खुल्यो

 बैशाख १८, २०७९ आइतबार १६:२४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल सरकारले युराेपेली देश सर्बियामा नेपाली कामदार पठाउन म्यानपावरहरुलाई अनुमति दिएको छ । योभन्दा पहिले व्यक्तिगत रुपमा मात्र नेपाली श्रमिक सर्बियाको रोजगारीमा जाने गरेका थिए । गएको बैशाख १२ गते राजपत्रमा सूचना प्रकाशित गर्दै नेपाल सरकारले संस्थागत रुपमा अर्थात् म्यानपावरलाई सर्बियामा पनि नेपाली कामदार पठाउन अनुमति दिएको हो । 

सर्बिया युरोप महादीपमा पर्ने देश हो । सर्बिया र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६३ वर्ष पूरा भइसकेको छ । पछिल्लो समय युरोपेली देशमा रोजगारीको लागि जाने नेपाली श्रमिकहरुको संख्या बढ्दै गएको छ । योसँगै नेपाल सरकारले पनि युरोपेली देशको रोजगारीलाई विस्तार गर्दै लगेको छ । सर्बियामा नेपाली दूतावास नरहेकाले जर्मनीमा रहेकाे नेपाली दूतावासले नै कामदारकाे माग प्रमाणित लगायतका काम गर्ने श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएकाे छ ।

नेपाल सरकारले योभन्दा पहिले संस्थागत रुपमा वैदेशिक राेजगारीकाे लागि एक सय १० देश खुला गरेकाे थियाे । जसमध्ये इराक, अफगानिस्तान र लिबियामा पठाउन अहिले रोक लगाइएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Mahadev Rajbanshi

    May 3, 2022, 3:43 p.m.

    Work permit

  •  0 Reply
  • Bohara Ramesh

    May 3, 2022, 8:39 a.m.

    Good job for us

  •  0 Reply

तपाईको प्रतिक्रिया