बजेटका २ महिना : राजश्व उठ्यो १ खर्ब २० अर्ब, खर्च भयो १ खर्ब ३ अर्ब

 असोज २, २०७५ मंगलबार १२:२८:१८ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाडौं – चालू आर्थिक वर्षको २ महिनामा १ खर्ब २० अर्ब राजश्व उठेको छ । यो गएको वर्षको यही समयको तुलनामा ३७% ले धेरै हो । राजश्व  संकलन निकै सन्तोषजनक रहेको अर्थमन्त्री युवराज खतिवडाले बताउनुभयो ।

सरकारले कर सेवालाई घरदैलोमै पुर्‍याएको, आधुनिक प्रविधिको प्रयोग बढाएको, अनुगमन बलियो बनाएको, भन्सारमा कडाई गरेकोलगायतका कारण राजस्व बढेको मन्त्री खतिवडाले बताउनुभयो ।

यस्तै २ महिनामा १ खर्ब ३ अर्ब खर्च भएको छ । जसमा चालुतर्फ ९६ अर्ब र पुँजिगततर्फ ७ अर्ब मात्र खर्च भएको छ । चालुतर्फ पोहोरको २ महिनाको अवधिको भन्दा कम खर्च हो तर पूँजीगततर्फ भने धेरै हो ।

करको विवाद कम भयो

अर्थमन्त्री खतिवडाले करको बारेमा बुझ्ने र बुझाउनेले कुरा बुझेकोले करको विवाद साम्य हुँदै गरेको बताउनुभयो ।

"कर तिर्नेले पनि बुझ्दै गए, अनि कर लगाउनेले पनि धेरै कर लगाउन नहुने रैछ भन्ने बुझेकाले यसको विवाद कम हुँदै गएको छ, विवाद र वहसले नै निकास ल्याउँछ भन्ने प्रष्ट भएको छ ।" मन्त्री खतिवडाले भन्नुभयो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया