वैदेशिक रोजगार ठगीको अभियोगमा झण्डै साढे २ करोड रकम मागदावीसहित ८ जना विरुद्ध मुद्दा दायर

 बैशाख २३, २०७९ शुक्रबार १२:१६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीको लागि माल्टा पठाउने भन्दै १ सय २२ जनाबाट १ करोड ४६ लाख रुपैयाँभन्दा धेरै ठगी गरेको आरोपमा एक कन्सलटेन्सी विरुद्ध वैदेशिक रोजगार विभागले मुद्दा दायर गरेकाे छ ।

आकर्षक तलब सुविधाको प्रलोभन देखाई इन्टरनेशनल एक्पो एण्ड ट्राभल सर्भिसले वैदेशिक रोजगार ऐन विपरीत वैदेशिक रोजगारीमा पठाउने भन्दै १ सय २२ जनाबाट रकम उठाएर ठगी गरेकाे भन्दै विभागले  ८२ लाख ४ हजार हर्जनासहित २ करोड ४६ लाख १२ हजार मागदावी सहित ८ जना विरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको हो ।

वैदेशिक रोजगार ऐन अनुसार वैदेशिक रोजगार सम्बन्धी कार्य गर्नका लागि विभागसँग इजाजत लिएको हुनुपर्छ । तर कन्सलटेन्सीले इजाजत नै नलिई करोडौँ रुपैयाँ ठगी गरेको पाइएपछि विभागले मुद्दा दायर गरेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो ।

सूचना अधिकारी भुसालका अनुसार कन्सल्टेन्सीका सञ्चालक राधा सुबेदी सहितका व्यक्तिले रोजगारीका लागि माल्टा पठाउने भन्दै प्रतिव्यक्ति २ लाख ३५ हजार रुपैयाँसम्म रकम उठाएको देखिएको छ । १ करोड ६४ लाख ८ हजार ठगी गरेको र त्यसमा ८२ लाख ४ हजार हर्जनासहित २ करोड ४६ लाख १२ हजार मागदावी सहित ८ जना विरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया