रोजगारीका लागि क्यानडा पठाउने भन्दै ठगी गरेको अभियोगमा आमाछोरी विरुद्ध मुद्दा दायर

 बैशाख २३, २०७९ शुक्रबार १२:४०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै एक व्यक्तिबाट ४१ लाख ५० हजार ठगेको अभियोगमा दुई जना व्यक्ति उपर वैदेशिक रोजगार विभागले मुद्दा दायर गरेको छ । 

पोखराका कुमार गुरुङलाई क्यानडा पठाइदिने भन्दै कास्कीका सदीक्षा गुरुङ र उहाँकी आमा ६२ वर्षीय खिनशोभा गुरुङ उपर ४१ लाख ४२ हजार ५ सय रकम लिएर ठगी गरेको अभियोगमा विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको हो ।

ठगीको रकममा २० लाख ९१ हजार २ सय ५० हर्जनासहित विभागले ६२ लाख ७३ हजार ७ सय ५० रुपैयाँ असुल उपरको दाबीसहित न्यायाधिकरणमा मुद्दा दायर गरेको जनाएको छ ।

ठगीको जाहेरीका आधारमा आमाछोरी सदीक्षा गुरुङ र खिनशोभा गुरुङलाई गएको चैत्र २४ गते पक्राउ परेका थिए ।  वैदेशिक रोजगार विभागका अनुसार उनीहरूले ठगी गरेको पुष्टि भएकाले रकम असुल उपरका लागि न्यायाधिकरणमा मुद्दा दायर गरेको हो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया