यस्तो पनि शिक्षा : बालबालिका पढ्ने विद्यालयमा गाईगोठ !

 असोज २, २०७५ मंगलबार १४:४७:४० | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका–७, मनहर्वाको विद्यालय गाईगोठमा परिणत भएको छ ।

मनहर्वाको नेपाल राष्ट्रिय जनजाति आधारभूत विद्यालयमा शिक्षकको कमी, कक्षा कोठाको अभावले गर्दा बालबालिका पढ्नबाट बञ्चित भएका हुन् । विद्यालय संचालन रहेको क्रममा स्थानीयहरुले भैंसी, बाख्रा चराउने चौरको रुपमा प्रयोग गर्दै आएका छन् ।

विद्यार्थी पढिरहेको बेला गाईबस्तु चराउन ल्याउँदा बरन्डामा पढ्दै आएका विद्यार्थीहरुको ध्यान अन्यत्र केन्द्रित हुने र पठनपाठनमा प्रभावित हुँदै आएको विद्यालयका प्रधानाध्यापक द्रोपतीदेवी यादवले बताउनुभयो ।

अझ स्थानीयले त त्यो विद्यालय क्षेत्रको १६ कठ्ठा जग्गा अतिक्रम गरी टायर गाडा राख्ने, गाई भैंसी बाध्ने गोठ बनाएका छन् । गएको वैशाख १३ गते विद्यालय पुगेर धुर्मुस–सुन्तलीले पुस्तौंदेखि विद्यालय जानबाट बञ्चित रहेका १ सय २५ मुसहर बालबालिकालाई शैक्षिक समाग्री वितरण गर्दै विद्यालयमा भर्ना गरेका थिए । अहिले विद्यालयमा दुई सय २५ विद्यार्थी छन् ।

६ वर्षअघि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा यही क्षेत्रको मुसहर बस्तीमा बास बस्न पुगेका थिए ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया