डीभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

 बैशाख २५, २०७९ आइतबार १०:५९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिसा अर्थात डीभीको नतिजा सार्वजनिक भएको छ । सन् २०२३ का लागि गएको अक्टोबरमा आवेदन दिएकाहरुको नतिजा सार्वजनिक भएको हो।

डीभी परेकालाई सन् २०२३ सेप्टेम्बर ३० भित्र अमेरिकी भिसा जारी भइसक्नु पर्ने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ। डीभी परे नपरेको थाहा पाउनका लागि https://dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट नेम, जन्म मिति राखेर नतिजा हेर्न सकिने व्यवस्था छ ।

कन्फरमेसन नम्बर बिर्सिएको भए फर्गेट कन्फरमेसन नम्बरमार्फत मागेको विवरण भरेर नम्बर लिन सकिने अमेरिकी दूतावासले जनाएको छ । साथै दूतावासले अमेरिकी सरकारका कुनै पनि निकाय वा दूतावासले कसैलाई पनि डीभी परेको भनी इमेल नगर्ने भएकाले त्यस्ता भ्रमबाट बच्न पनि आग्रह गरेको छ ।

सन् २०२३ मा डीभी कार्यक्रमका लागि सन् २०२१ को अक्टोबर ६ मा आवेदन खुलेको थियो ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Lochan Tamang

    May 8, 2022, 11:15 a.m.

    Lochan tamang

  •  0 Reply
  • Nava

    May 8, 2022, 11:14 a.m.

    मैले EDV भरेको थीए के नतीजा आए होला मेरो जीज्ञासा

  •  0 Reply

तपाईको प्रतिक्रिया