खारेजीको माग गर्दै दुई म्यानपावर कम्पनीले दिए निवेदन, कुनै लेनदेन बाँकी भए सम्पर्क गर्न विभागकाे आग्रह

 बैशाख २५, २०७९ आइतबार १७:०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक राेजगार व्यवसाय गर्न पाउने आफ्नाे इजाजतपत्र खारेजी गरिपाउँ भन्दै वैदेशिक रोजगार विभागमा दुई वटा म्यानपावरले निवेदन दिएका छन् । आफ्नो इजाजतपत्र रद्द गरि धरौटी रकम फुकुवा गराइपाउँ भन्दै पुष्पा इन्टरप्राइजेज कम्पनी र स्कील्ड ह्युमन रिसोर्स प्रालीले निवेदन बुझाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

यसै सन्दर्भमा विभागले यी म्यानपावरसँग यदि कसैको कारोबार वा लेनदेन बाँकी छ भने विभागमा सम्पर्क गर्न आग्रह गरेको छ । सवुत प्रमाणसहित सूचना प्रकाशित भएको ३५ दिनभित्र सम्पर्क गर्न सकिने विभागले जनाएको छ । अन्यथा इजाजतपत्र खारेज र बैंक धरौटी फुकुवा भएपछि सम्बन्धित म्यानपावरसँग कुनै कारबाही गर्न नसकिने पनि विभागले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया