यूएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद चयन

 बैशाख ३१, २०७९ शनिबार १७:२१:७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

संयुक्त अरब एमिरेट्स (यूएई) का नयाँ राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद अल नाह्यान चयन हुनुभएको छ । यूएईका राष्ट्रपति तथा अबुधाबीका राजा शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएपछि उहाँका सौतेनी भाइ नयाँ राष्ट्रपति चयन हुनुभएकाे एएफपीले जनाएको छ । 

खलिफा बिन जायदको हिजो शुक्रवार निधन भएकोमा यूएईको सङ्घीय सर्वोच्च परिषद्ले आज शनिवार शेख मोहम्मद बिन जायदलाई राष्ट्रपति चुनेको हो । खलिफा बिन जायद सन् २०१४ मा हृदयाघातका कारण हिँडडुल गर्न नसक्ने गरी थलिएपछि शेख मोहम्मद बिन जायाद अल नाह्यानले राजकाजको कार्यकारी भूमिका सम्हाल्दै आउनुभएको थियो ।

मोहम्मद बिन जायाद सन् १९७१ मा अरब प्रायद्वीपमा रहेका सात वटा स–साना एमिरेट मिलेर गठन भएको संयुक्त अरब एमिरेट्सको तेस्रो राष्ट्रपति बन्नुभएको छ । यूएईको शासनका लागि सात सदस्य एमिरेटका राजा सम्मिलित रहने सङ्घीय सर्वोच्च परिषद् निर्माण गरिएको छ । यूएईमा सम्मिलित सातमध्ये सबैभन्दा ठूलो एमिरेट अबु धावीका राजा स्वतः यूएईको राष्ट्रपति हुने व्यवस्था छ । त्यस्तै दोस्रो ठूलो एमिरेट्स दुबईका राजा प्रधानमन्त्री हुन्छन् ।

 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया