मलेसियामा विषाक्त रक्सी बेचेको आशंकामा ७ जना पक्राउ

 असोज ३, २०७५ बुधबार १३:४२:३६ | उज्यालो सहकर्मी

मलेसिया – मलेसियामा विषाक्त रक्सी बेचेको आशंकामा सात जना पक्राउ परेका छन् । विषाक्त रक्सी खाँदा मलेसियाको सेलाङगोरमा ६ जना नेपालीसहित १९ जनाको ज्यान गएको छ । 

१०३० बोतल ह्विस्की, १७६७ वटा क्यान वियर पनि जफत गरिएको सेलाङगोर प्रहरीले जनाएको छ । मलेसियाको कलांग भ्यालीमा रहेको विभिन्न स्टोरहरुमा बुधबार छापा मारिएको थियो ।  पक्राउ परेकाहरु रक्सी पसल सञ्चालक र कामदार रहेका छन् । 

मण्डले ह्विस्की, किंगफिसर बियर र ग्राण्ड रोयल ह्विस्की स्थानीय बजारबाट किनेका थिए । मृत्यु हुने र बिरामी पर्ने कामदारले कडा रक्सी पिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मलेसियाका स्वास्थ्य विभागका निर्देशक डाक्टर नूर हिशाम अब्दुल्लाहका अनुसार स्वास्थ्य विभाग र प्रदेशले गरेको अनुसन्धानमा बिरामीले क्वालालम्पुर सेलाङगोर क्षेत्रबाट लामो समयदेखि कडा खालको रक्सी किनेको खुलाशा भएको छ ।

६ नेपालीको मृत्यु, २४ जनाको उपचार हुँदै

धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइते घलेको ज्यान गएको छ ।

 अहिले पनि नेपालीसहित विभिन्न देशका २४ जना बिरामीको उपचार भइरहेको मलेसियाली अनलाइन द स्टारले जनाएको छ ।  
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया