लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला ओली पक्राउ

 जेठ ३१, २०७९ मंगलबार ११:३२:२९ | हेमराज शर्मा
unn.prixa.net

दाङ - महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री ओली पक्राउ पर्नु भएको छ । एकराज बस्नेतको घरभित्रै पसेर उहाँकी श्रीमती र छोरीमाथि कुटपिट गरेकाे आराेपमा ओली पक्राउ पर्नुभएकाे हाे । 

आज बिहान ८ बजेतिर दाङको  तुलसीपुर उपमहानगरपालिका-५ बसपार्क लालुमण्डी पछाडि रहेको बस्नेतको घरमा पुगेर ओलीले मिना भण्डारी बस्नेत र उहाँकी तीन वर्षीया छोरीमाथि कुटपिट गर्नुभएकाे थियाे। 

मन्त्री आफैँ अर्काको घरभित्र पसेर महिला र नाबालिग छोरीमाथि कुटपिट गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ । आरोपित राज्यमन्त्री ओलीलाई भने इलाका प्रहरी कार्यालय तुलसीपुरले लगिएकाे छ । ओलीका श्रीमान् तत्कालीन प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको गाडी दुर्घटनामा परि ज्यान गएकाे थियाे । उपचुनावमा नेकपा एमालेबाट निर्वाचित हुनुभएकी ओली अहिले नेकपा माओवादी केन्द्रमा हुनुहुन्छ । 

केही समय पहिले राज्यमन्त्री ओली र मीनाका पति एकराज बस्नेतको बीचको प्रेम प्रसङ्ग बाहिरिएको थियो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • केदार भन्डारी

    June 14, 2022, 12:05 p.m.

    अहिले हाम्राे देशमा नेता देखि जन्ता सम्म बिश्वास गर्न गाराे भयकाे छ ! यदि जन्ताकाे सेवामा श्रमर्पित नेता जन्ता माथि हात उठाउछन भने ... नेताहरुलाई जानकारी हाेस जन्ताकाे कर बाट पालियका सबै नेता public servent हुन ...

  •  0 Reply

तपाईको प्रतिक्रिया