तुलसीपुरमा अपाङ्गता भएकी युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

 असार ४, २०७९ शनिबार १५:३२:३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुरमा अपाङ्गता भएकी एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा न ९ का ३० वर्षका कमल चौधरी र २४ वर्षका शङ्कर विक रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

असार २ गते राति सशस्त्र प्रहरी बेस क्याम्पको पछाडि रहेको गणेश चन्दको घरमा अपाङ्गता भएकी युवतीमाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो।

बलात्कारमा संलग्न रहेका तुलसीपुर उपमहानगरपालिका–९ का अर्जुन विक र अर्जुन नेपाली फरार रहेका छन् । दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएकाे छ । 

घटनामा संलग्नमध्ये ३ जनाले सामूहिक बलात्कार गरेको र कमल चौधरीले युवतीलाई बोलाउने काम गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका विरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया