नेपालमा पाइने चराहरुमध्ये २३ प्रतिशत चरा गुल्मीमा

 असोज ६, २०७५ शनिबार १५:१३:२६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – नेपालमा पाइने ८ सय ८६ प्रजातिका चराहरु मध्ये गुल्मीमा मात्र २३ प्रतिशत विभिन्न प्रजातिका चराहरु भेटिएका छन् ।

गुल्मीको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रेसुंगा जंगल र मदाने जंगल क्षेत्रमा कुलमध्ये २३ प्रतिशत विभिन्न प्रजातिका चराहरु फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीले जनाएको छ ।

रेसुंगा र मदाने वन क्षेत्रमा जैविक विविधता संरक्षण अन्र्तगत चरा सर्बेक्षण सम्बन्धी जानकारी आदानप्रदान कार्यक्रमा रेसुंगा वन क्षेत्रमा २ सय ८ र मदाने क्षेत्रमा २ सय ७ प्रजातिका चराहरु फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका सहायक परियोजना अधिकृत भरत पन्थीले जानकारी दिनुभयो ।

विश्वमै दुर्लभ प्रजातिको रुपमा रहेका चराहरु मध्ये रेसुंगामा गोमायु महाचिल, सुन गिद्द, सेतो गिद्द र डंगर गिद्द गरी चार प्रजाति र मदाने वन क्षेत्रमा लोभी पापी  गरुड,  गोमायु महाचिल, सुन गिद्द, सेतो गिद्द र कालीज प्रजातिको चिर गरी पाँच प्रजातिका चराहरु रहेको बताइएको छ ।

नेपालमा मात्र पाइने काँडे भ्याकुर रेसुंगा र मदाने दुवै वन क्षेत्रमा पाइने भन्दै अति संकटापूर्ण अवस्थामा रहेका चराहरुको वासस्थानलाई जोगाई राख्नका लागि त्यस क्षेत्रको वन र जलाधार संरक्षणमा स्थानीय निकायको भूमिका थप महत्वपूर्ण रहने कार्यक्रमका सहभागीहरुले बताएका थिए ।

सन २०१५ देखि गुल्मीको रेसुंगा, वलीथुम, पराल्मी र जुभुङ्गमा संभावित महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्रमा काम गर्दै आइरहेको उक्त संस्थाले डिभिजन वनकार्यालय गुल्मीसँग सहकार्य गर्दै चरा र जैविक विविधता संरक्षण क्षेत्रमा काम गर्दै आइरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया