५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप आजदेखि, विद्यालयमा नै खोप केन्द्र

 असार ९, २०७९ बिहिबार ६:५४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पायक पर्ने विद्यालयमा खोप केन्द्र तोकेर दुई चरणमा गरी बालबालिकालाई खोप दिन लागेको बताउनुभयो ।

पहिलो चरणमा आजदेखि १५ गतेसम्म २७ जिल्लामा खोपको पहिलो मात्रा  र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ । त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान सञ्चालन हुनेछ ।

पहिलो चरणमा वाग्मती प्रदेशका काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप अभियान चल्ने छ । यस्तै, प्रदेश-१ का झापा, मोरङ, इलाम, सुनसरी, मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, पर्सा, गण्डकी प्रदेशका कास्की, नवलपरासी पूर्वका बालबालिकालाई खोप लगाइने छ।

त्यस्तै, लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम, रूपन्देही, बाँके, बर्दिया र दाङ तथा कर्णाली प्रदेशको सुर्खेतमा खोप अभियान चल्ने छ भने सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसैबीच, खोप लगाएका बालबालिकामा केही स्वास्थ्य समस्या देखिन सक्ने भएकाले नआत्तिन स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ । खोप लगाए पछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या देखिन सक्ने विभागले जनाएको छ।

यस्तो समस्या देखिए नआत्तिन र समस्या जटिल बन्दै गए अस्पताल जान विभागको आग्रह छ । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया