२५ वर्षमुनिका मगर युवायुवतीलाई रक्सी–जाँड पिउन रोक

 असोज ६, २०७५ शनिबार १७:३३:१८ | किरण लोहनी
unn.prixa.net

गोरखा – २५ वर्ष मुनिका मगर युवालाई रक्सी–जाँड पिउन रोक लगाउनका लागि सामाजिक सुधारको अभियान सञ्चालन गरिने भएको छ ।

नेपाल मगर संघ केन्द्रीय समितिको गोरखामा बसेको नवौं पूर्ण बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । संघका निर्णय सार्वजनिक गर्न बिहान सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मगर संघका केन्द्रीय अध्यक्ष नविन रोकामगरले रक्सी–जाँड प्रयोगका लागि निश्चित अवधीसम्म सचेतना र जागरणका कार्यक्रम गर्ने बताउनुभयो ।

त्यस अवधि पार गरेपछि भने रक्सी–जाँड पिउने युवालाई कारबाही गर्नेसम्मको सोच रहेको उहाँको भनाई छ । ‘२५ वर्षसम्म जाँड खाएर हल्लिने युवाले कसरी करियर बनाउँछ ?’, केन्द्रिय अध्यक्ष रोकामगरले भन्नुभयो, ‘सके त कसैले पनि रक्सी–जाँड नपिएकै राम्रो, झन् २५ वर्षमुनिकाले त छुनै हुँदैन ।’

२५ वर्षसम्म पढाइलेखाई गरेर करियर बनाएका युवा र २५ वर्षसम्म जाँड खाएर हुर्किएका युवालाई दाँजेर हेर्दा मदिराको दुष्प्रभावबारे प्रष्टै हुने उहाँको तर्क छ ।संघको केन्द्रीय समिति बैठकले संविधान संशोधनका लागि सरकारलाई दबाब दिने निर्णय पनि गरेको छ ।

मगर भाषालाई सरकारी कामकाजको भाषासहित राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने, मगरहरुको राष्ट्रिय पर्व माघे संक्रान्तिलाई राष्ट्रिय पर्वको मान्यता दिँदै सार्वजनिक बिदा दिनुपर्ने, अहिलेको संविधानले व्याख्या गरेको हाडनाता करणीको पुनव्र्याख्या हुनुपर्ने भएकाले संविधान संशोधनको माग गरिएको केन्द्रीय अध्यक्ष रोकामगरको भनाई छ ।

यस्तै धर्मनिरपेक्षता भनिए पनि हिन्दू धर्मलाई राज्यले नै बढी महत्व दिएको उहाँले बताउनुभयो । ‘हामी दसैं तिहारलाई हाम्रै चाड हो भनेर मनाउँछौं’, उहाँ भन्नुहुन्छ, ‘अनि मगरको एउटा चाड माघे संक्रान्तिमा बिदा दिन किन कञ्जुस्याई ?’

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया