नेपालमा २ जनामा कोरोना भाइरसको 'बीए ५' सब भेरियन्ट सङ्क्रमण पुष्टि

 असार २२, २०७९ बुधबार १७:६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा दुई जनामा कोरोना भाइरसको बीए ५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजो मङ्गलवार गरिएको ३२ वटा नमुनाको जिन सिक्वेन्सिङमा दुई जनामा बीए ५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले जानकारी दिनुभयो । यसमध्ये एक नमुना केन्द्रीय डायगोनिस्टिक सेन्टर र अर्को बेहलिया नाकाबाट प्राप्त भएको हो ।

प्रवक्ता मिश्राले बीए २ र बीए १ सब भेरियन्टको फैलावटलाई विस्थापित गर्दै बीए ५ सब भेरियन्ट सक्रिय बनेको बताउनुभयो । बीए ५ यसअघिका अरू सब भेरियन्टभन्दा बढी सङ्क्रामक रहेकाले स्वास्थ्यका मापदण्ड पालनामा बढी सचेत हुन पनि उहाँले आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया