एएफसी यू–१६ महिला फुटबल: अन्तिम खेलमा नेपाल र मलेसिया ४–४ गोलकाे बराबरी

 असोज ७, २०७५ आइतबार १८:२६:१४ | उज्यालो सहकर्मी

काठमाडाैं - एएफसी यू – १६ महिला च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपाल र मलेसियाले ४ – ४ गोलको बराबरी खेलेका छन् ।

हल्चोकमा रहेकाे एपीएफ क्लबको मैदान मलेसियाले लिएको सुरुवाती अग्रता उल्टाएर नेपालले बराबरी गर्दै अंक जोडेको हो  ।

नेपालका लागि कप्तान प्रिती राई, सुस्मा तामाङ र सबिता रानामगरले एक एक गर्दा एक गोल उपहार पायो ।

मलेसियाको लागि हेल्मा इम्लीले २ गोल गरिन भने नरुल नबिलाले एक गोल थपिन्  ।

यससँगै छनोटको समूह ‘ई’ मा रहेको नेपालले एक खेल पनि नजितेर प्रतियोगिताबाट बाहिरीएको छ ।

पहिलो खेलमा फिलिपिन्ससंग ४ – ० ले पराजित भएको थियो नेपाल दोस्रो खेलमा म्यानमारसंग ११ – १ ले पराजित भएको थियो ।

यो प्रतियोगिताबाट म्यानमारले दोस्रो चरणको यात्रा तय गरेको छ । समूह चरणको अन्तिम खेलमा आइतबार फिलिपिन्सलाई ५ – १ ले हराएर म्यानमार पहिलो भएको हो ।

उसले ३ खेलबाट ९ अंक जोड्दै अपराजित रह्यो । यस्तै ३ खेलबाट ६ अंक जोडेको फिलिपिन्सले उपविजेता बन्यो ।

दोस्रो चरणको छनोटबाट चौथो हुने टोलीसम्मले थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिप खेल्न पाउनेछन ।

८ देशको सहभागिता हुने प्रतियोगितामा आयोजक थाइल्याण्डसहित, जापान,  दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि छनोट भईसकेका छन् ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया