‘विश्वकपले गर्दा कतारबाट कामको मागमा कमी आयो, मलेसियाको आकर्षण भने बढ्दै’

 असार २७, २०७९ सोमबार १२:३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालीहरुको प्रमुख श्रम गन्तव्य देश कतारबाट रोजगारीका मागमा कमी आएको छ । कतारमा हुन गइरहेको फिफा विश्वकप २०२२ का कारण पछिल्लो समय त्यहाँबाट आउने कामको मागमा कमी आएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिमलप्रसाद ढकालले बताउनुभयो । 

‘नयाँ कामदार लिने कुरामा कतारमा निकै नै कमी छ अहिले’, उज्यालोसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘विश्वकप हुने भएपछि त्यहाँको सुरक्षाको हिसाबले भएका कामदारलाई पनि केही समयको लागि बिदामा घर पठाइरहेको छ, फिफा सकिएपछि फेरि फिर्ता बोलाउँछ ।’ तर कामका मागमा कमी आए पनि कतारको रोजगारी ठप्प नै नहुने उहाँको भनाइ छ ।

यस्तै, साउदी अरबमा पनि पहिलेको भन्दा अहिले रोजगारी घटेको उहाँले बताउनुभयो । नेपालबाट कामदार लैजाने र उता भनेअनुसार काममा नलगाउने, समयमा तलब दिन नसक्ने गर्दा त्यहाँबाट रोजगारीको माग केही घटेको उहाँको भनाइ छ ।

यस्तै उहाँका अनुसार, अहिले बढी आउने र बढी जान इच्छुक गन्तव्य देश मलेसिया बनेको छ । अहिले मलेसिया निकै राम्रो श्रम गन्तव्य भएको तर लामो समयसम्म बन्द भएका कारण बीचमा कामदार पठाउन रोकिए पनि अहिले पहिलेकै तुलनामा कामका माग आइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया