पूर्व क्रिकेट कप्तान क्षेत्रीको आत्मकथा आउँदै

 असोज ८, २०७५ सोमबार १७:१७:२४ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – लेखबहादुर क्षेत्री (एलबी)  नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान र व्यवस्थापक तथा क्यानको विभिन्न समितिमा रहेर नजिकबाट क्रिकेटलाई बुझेका व्यक्ति हुन् ।

उनै क्षेत्रीको संस्मरणमार्फत पाठकहरुले नेपाली क्रिकेटको आरोह र अवरोहलाई नजिकबाट बुझ्ने अवसर पाउने भएका छन् ।

पुस्तक प्रकाशक क्रियटिभ बुक्सका अध्यक्ष टिएस ठकुरीले एक महिनाभित्र क्षेत्रीको आत्मकथा पुस्तक बजारमा ल्याउने तयारी गरेको बताउनुभयो ।

पछिल्लो समय एक दिवसीय मान्यता प्राप्त गर्न सफल भएको नेपाली राष्ट्रिय टोलीले सुरुवातदेखि हालसम्म गरेको सङ्घर्षलाई किताबमा समावेश गरिएको क्षेत्रीले बताए ।  

सन् १९९६ मा नेपालको क्रिकेट टिमले पहिलो अन्तर्राष्ट्रिय सहभागिता जनाएको थियो । मलेसियामा सम्पन्न प्रथम एसिसी कपमा नेपालको उपकप्तानको रुपमा क्षेत्री टोलीमा सहभागी थिए । सन १९९८ मा नेपालमै भएको एसीसी कपमा क्षेत्रीले कप्तानको जिम्मेवारी सम्हालेका थिए ।  यो नेपालले आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरको पहिलो क्रिकेट खेल हो ।  क्षेत्री २००० सम्म नेपालको राष्ट्रिय क्रिकेटका कप्तान थिए । पूर्व कप्तान क्षेत्री सन २००७ मा मलेसियामा भएको प्रथम एसीसी महिला क्रिकेट टोलीको व्यवस्थापक हुन् । जहाँ नेपाल दोश्रो स्थानमा आउन सफल भएको थियो ।

नेपालका पूर्व कप्तान क्षेत्रीलाई महिला क्रिकेटको सुरुवात गरेको श्रेय समेत दिने गरिन्छ । क्यानको पूर्व सदस्य र पूर्व क्षेत्रीय अध्यक्ष रहिसकेका क्षेत्री हाल आईसीसीले नेपाली क्रिकेटको विवाद समाधानका लागि बनाएको स्वतन्त्र समूहमा नेपाल सरकारको प्रतिनिधि भई  सदस्यका रुपमा कार्यरत छन् । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया