मोबाइल एपबाटै राहदानीबारे जानकारी लिन मिल्ने

 साउन ९, २०७९ सोमबार ११:३४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अब मोबाइल एप्लिकेशनबाटै राहदानीबारे जानकारी लिन मिल्ने भएको छ । राहदानी विभागको 'नेपाल ईपासपोर्ट' नामक मोबाइल एपबाट राहदानी सम्बन्धी विवरण हेर्न सकिने राहदानी विभागले जनाएको छ ।

विभागका अनुसार यस एपबाट राहदानीका लागि पेश गरेको आवेदन फारम स्वीकृत भएको नभएको र राहदानी प्रिन्ट भए नभएको हेर्न सकिने छ । राहदानी विभागको यो मोबाइल एप एन्ड्रोइड र आईओएस दुवै भर्जनमा उपलब्ध छ । यो एप एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोरबाट र आईओएसका लागि एप्पल स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Balbahadur darlami

    July 25, 2022, 12:34 p.m.

    फारम भर्न चाहान्छु

  •  0 Reply

तपाईको प्रतिक्रिया