बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार

 असोज ९, २०७५ मंगलबार ११:३८:४८ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – नवलपरासीको कावासोती नगरपालिका ९ डण्डा बजारकी बसन्ती परियारमाथि एसिड र छुरा प्रहार भएको छ । उहाँको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । 

एसिड प्रहार गरेको अभियोगमा डण्डाबजारकै विमल सिर्पाइलीलाई प्रहरीले पक्राउ गरेको छ । आफूसँग बिहे गर्न नमानेको भन्दै विमलले एसिड र छुरा प्रहार गरेको बताएको प्रहरीले जनाएको छ । उनीहरु दुवैजना विवाहित हुन् । 

परियार र सिर्पालीबीच प्रेम सम्बन्ध भएको थाहा भएपछि विमल सिर्पालीकी श्रीमतीले सम्बन्ध बिच्छेदका लागि मुद्धा दायर गरेकी थिइन् । बिमलले आफ्नो परिवार पनि बिग्रिएको र बसन्ती परियारसँग बिहे गर्न नपाएका कारण एसिड तथा चक्कु प्रहार गरेको बताएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताउनुभयाे।

२७ वर्षीया बसन्तीको छाती, पेट र मुखमा चोट लागेकी बसन्तीको भरतपुरमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Raju Prasad

    Sept. 25, 2018, noon

    विवेक हिन पशुहरु!!!😈😈

  •  0 Reply

तपाईको प्रतिक्रिया