आबुधाबीमा मोबाइल चलाउँदै गाडी हाँक्ने १ लाख भन्दा बढीलाई जरिबाना

 साउन १२, २०७९ बिहिबार १६:३५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालीहरुको प्रमुख श्रम गन्तव्य देश यूएईको आबुधाबीमा मोबाइल चलाउँदै गाडी हाँक्ने १ लाख भन्दा बढी चालकलाई प्रहरीले कारबाही गरेको छ । 

यो अंग्रेजी वर्षको पहिलो ६ महिनामा १ लाख ५ हजार ३ सय जनालाई यस्तो कारबाही गरेको आबुधाबी प्रहरीको भनाइलाई उद्धृत गर्दै गल्फ न्युजले लेखेको छ । मोबाइलले चालकको ध्यान भड्काउने र गाडी चलाउनमा होसियार नहुँदा सडक दुर्घटना हुने गरेको भन्दै प्रहरीले यस्तो कारबाही थालेको थियो । यस्तो गल्ती गर्ने चालकलाई ८ हजार दिर्हाम जरिबाना र सवारी चालक परिचयपत्रमा चार वटा कालो दाग लगाउने गरेकाे छ ।

यूएईमा सडक सुरक्षालाई महत्वपूर्ण रुपमा हेरिन्छ । यस्तो अपराधलाई आबुधाबी प्रहरीले नियमको गम्भीर उल्लंघनको रुपमा लिएको छ । यसरी चालकले ध्यान भड्किने किसिमका गतिविधि गरेमा, मोबाइल चलाएमा तथा हातको प्रयोग हुने कुनै पनि अन्य गतिविधि गर्नुलाई नियमको गम्भीर उल्लंघन मानेको छ । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया