तोकेको भन्दा बढी शुल्क लिएर वा फर्जी कागजात बनाएर वैदेशिक रोजगारीमा नपठाउनू : मन्त्रालय

 साउन १२, २०७९ बिहिबार १८:२०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तोकेको भन्दा बढी शुल्क लिएर वा फर्जी कागजात बनाएर वैदेशिक रोजगारीमा नपठाउन सम्बन्धित म्यानपावर कम्पनीलाई निर्देशन गरेको छ । आज मन्त्रालयले एक प्रेष विज्ञप्ति जारी गर्दै पछिल्लो समय यस्ता खाले ठगी बढेको भन्दै यस्तो नगर्न सचेत गराएको हो ।

नियमअनुसार मलेसिया लगायत खाडी देशमा शून्य लागतमा कामदार पठाउनुपर्नेमा ठूलो रकम लिएर पठाउने गरेको, गलत तवरले रकम असुल्ने गरेको, कामदारको फर्जी मेडिकल जाँच गरेको मन्त्रालयले जनाएको छ । यस्तै, विदेश जानुपूर्व अनिवार्य रुपमा लिनुपर्ने अभिमुखीकरण तालिममा सहभागी नभएकाहरुलाई पनि सहभागी भएको भनेर कागज पेस गर्ने लगायतका विकृतिहरु बढेको भन्दै आफ्नो ध्यानाकर्षण भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । 

यस्ता गैरकानुनी र अमर्यादित क्रियाकलाप नियन्त्रणको लागि मन्त्रालय तथा विभागबाट शुक्ष्म रुपमा अनुगमन र अनुसन्धान भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

यदि कसैलाई विदेश पठाउन कुनै म्यानपावर वा व्यक्तिले रकम मागेमा, फर्जी कागजात बनाउन लगाएमा, ठगीमा परेमा वा वैदेशिक रोजगार सम्बन्धी समस्यामा परेमा मन्त्रालयको कल सेन्टरमा सम्पर्क गर्न सकिन्छ ।

मन्त्रालयमा रहेको कल सेन्टर ११४१ र १६६००१५०००५ तथा फेसबुक पेज www.facebook.com/molcallcenter र वैदेशिक रोजगार विभागको नम्बर ०१४७९२६४८ मा सम्पर्क गरेर आफ्ना गुनासो तथा उजुरी टिपाउन सकिने पनि मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया